सहारा एकेडेमीलाई आर्थिक सहयोग

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

पोखरा, २३ कात्तिक । पोखरा–१७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले आज आर्थिक सहयोग गरेको छ ।

सहकारीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सहकारीले एकेडेमीलाई रु २५ हजार तथा जिन्सी सामान सहयोग गरेको सहकारीका अध्यक्ष विष्णु तामाङले जानकारी दिए। एकेडेमीमा हाल १६ जिल्लाका २८ विपन्न वर्गका बालबालिकाको शिक्षादीक्षा र पालनपोषण भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट