कञ्चनपुरमा बाघ महोत्सव सुरु

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

भीमदत्तनगर, १० कात्तिक । कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा ‘बाघको संरक्षण गरौं, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि  प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।

बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गरे । महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार नियन्त्रण लगायत विषयमा जनचेतना दिने उद्देश्य राखेको छ ।

तीनदिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । मुलुकमै थोरै क्षेत्रफलमा बढी बाघको सङ्ख्या रहेको आरक्षका रूपमा परिचित शुक्लाफाँटा आरक्ष अन्तर्गतका विभिन्न मध्यवर्ती उपभोक्ता समितिको सक्रियताले वन्यजन्तुको संरक्षणमा थप टेवा पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट