प्रथम उद्योग दिवस, २०७३ सम्पन्न

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार

गौशाला, ९ मङ्सिर ।  आज महोत्तरीको जलेश्वरमा ‘औद्योगिक क्षेत्रमा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ प्रथम उद्योग दिवस, २०७३ मनाइएको छ ।

सो अबसरमा घरेलु तथा साना उद्योग कार्यालय महोत्तरी र जिल्लास्थित लघु उद्यमी समूह÷सङ्घको संयुक्त आयोजनामा आज बिहान जलेश्वरमा व्यवसायी र उद्यमीले बृहत ¥याली निकालेका छन् ।

‘उद्योग गरौँ, रोजगार बनौँ’, ‘आम्दानी बढाऔँ, उद्यमी बनौँ’, ‘युवा बेरोजगार घटाऔँ, स्वदेशी उत्पादन बढाऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड र तुल बोकेर घरेलु तथा साना उद्योग कार्यालयको प्राङ्गणबाट निस्केको ¥याली जलेश्वरको शङ्करचोक, मीनाबजार, महोत्तरी क्लब हुँदै नगरको विभिन्न भागको परिक्रमा गर्दै दुर्गाचोकमा पुगेर सम्पन्न भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट