समाचार
प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २७ मंसिर । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् । रेखालाई सोमबार इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार लहान, २७ मंसिर । दलित विद्यार्थीका लागि सप्तरी जिल्लामै पहिलोपटक छात्रावास निर्माण गर्न दलित समुदायका अगुवा जुटेका छन् । दलित भएकै कारण सदरमुकाम राजविराजमा दलित विद्यार्थीले कोठा भाडा नपाउने र पाए पनि महँगो मूल्य तिर्न बाध्य हुनुपरेकाले तिनका लागि छात्रावास निर्माण गर्न जिल्लाका दलित अगुवा जुटेका हुन् । सप्तरी क्षेत्र नं ३ […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार महोत्तरी, २७ मंसिर । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ । गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो । क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २७ मंसिर । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड रुपैयाँ निकासा दिने भएको छ ।शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २७ मंसिर । सरकारले संसदमा दर्ता गरेको संविधा संशोधनको विरोधमा संयुक्त युवा विद्यार्थीले दौडको आयोजना गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटका युवा विद्यार्थीसहितका ८ युवा विद्यार्थी संघ संघठनले संशोधन प्रस्तावको विराध गर्दै माइतीघरबाट संसद भवन नयाँ वानेश्वरसम्म दौडको आयोजना गरेका हुन् । ‘संविधान संशोधनले नेपालीको हित नगर्ने र विदेशीको इसारामा […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २७ मंसिर । नेपालकी पुष्पा बस्नेतले सीएनएन ‘सुपर हिरो’ अवार्ड जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो । पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार गुल्मी, २७ मंसिर । १३ दिनदेखि अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बनेको छ । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १३ दिनदेखि अनिश्चितकालीन बन्दले जनजिवन कष्टकर बन्दै गएको हो । बन्दकर्ताले बिहानैदेखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घासँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पाँचथर, २६ मंसिर । तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभीरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी मुम्बई, २६ मंसिर । भारतको मुम्बईस्थित गोरेगाउँमा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । अमन विमानको नीजि हेलिकोप्टर दिउँसो १२ बजेर २० मिनेटमा रोयल पाम होटलको नजिकै आरे कोलनीमा दुर्घटनाग्रस्त भएको थियो । हेलिकोप्टरमा पाइलटसमेत ४ व्यक्ति यात्रा गरिरहेका थिए । दुर्घटनामा घाइते भएका २ महिलालाई नजिकैको अंधेरी अस्पताल भर्ना गरिएको छ । […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २६ मंसिर । एक स्थानीय ट्याक्सी चालकको शंकास्पद मृत्युका कारण उत्पन्न विवादमा गोकर्णेश्वर-१३ नयाँ बस्तीमा एक समूहद्वारा प्रहरी चौकीका सईसहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रहरीले जनाएको छ । दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबार बिहानै प्रहरी चौकी […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी काठमाडों, २६ मंसिर । नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ । नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पर्सा, २६ मंसिर । चिसोले कठ्याङ्गिरएर गएराति पर्सामा एकको मुत्यू भएको छ । सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको हो । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ । कामबाट घर फिर्किने क्रममा मदिरा […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी काठमाडौं, २६ मंसिर । बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेकी उनको तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केहीबेरमै मृत घोषणा गरेको छ । संखुवासभा मच्छेपोखरी ६ घर भएकी ४९ वर्षीय राधिका गुरुङको शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी बेला मृत्यु भएको […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी काठमाडौं, २६ मंसिर । टर्कीको स्तानबुलमा एक फुटबल स्टेडियम बाहिर भएको बम विस्फोटमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । विस्फोटमा १६६ जना घाइते छन् । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोइलुका अनुसार दंगा निरोधी प्रहरीदस्ताले एक बसलाई लक्षित गरेको अवस्थामा कार बम विस्फोट भएको थियो । विस्फोट टर्कीको चर्चित फुटबल टीमबीच भएको खेलको एक […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २६ मंसिर । काभ्रेको भैसेपाटीमा  आज  बिहान ५ बजे टिपरले टाटासुमोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ यात्रु घाइते भएका छन् । दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार बिहानै टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । बा ४ ख ३५५६ नम्बरको टिपरले मे […]



 

 

 

 

 

 

 


ताजा अपडेट