रेखा थापा राप्रपामा प्रवेश

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २७ मंसिर । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् ।

रेखालाई सोमबार इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए । रेखाका साथमा उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । उनले नेपाल र राप्रपाको झण्डा ओडेर आफूले मर्न चाहेको बताइन् । रेखाले भनिन्( ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट