टिपर र सुमो दुर्घटना

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २६ मंसिर । काभ्रेको भैसेपाटीमा  आज  बिहान ५ बजे टिपरले टाटासुमोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ यात्रु घाइते भएका छन् ।

दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार बिहानै टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो । बा ४ ख ३५५६ नम्बरको टिपरले मे १ ज २१९१ को जीपलाई ठक्कर दिएको हो । मृत्यु हुने यात्रुहरुको सनाखत हुन सकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले जानकारी दिएको छ । घाइतेहरुको उपचारका निम्ति शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट