बेलायत दुर्घटनामा एक नेपालीको मृत्यु

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी

काठमाडौं, २६ मंसिर । बेलायतको वोकिङमा भएको सवारी दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेकी उनको तत्कालै घटनास्थल आइपुगेका पारामेडिक्सले उपचार गरे पनि केहीबेरमै मृत घोषणा गरेको छ ।

संखुवासभा मच्छेपोखरी ६ घर भएकी ४९ वर्षीय राधिका गुरुङको शुक्रबार राति वोकिङको मोनुमेण्ट रोडमा भएको सडक दुर्घटनामा पैदल हिँडिरहेकी बेला मृत्यु भएको हो । आर्नोल्ड रोडको जंक्सन नजिकै भएको दुर्घटनामा दुर्इ कार एक आपसमा ठोक्किएका थिए, जतिबेला राधिका फुटपाथमा हिँडिरहेकी थिइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट