गुल्मी १३ दिनदेखि ठप्प हुदा जनजीवन कष्टकर

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

गुल्मी, २७ मंसिर । १३ दिनदेखि अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बनेको छ । सरकारले संबिधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा १३ दिनदेखि अनिश्चितकालीन बन्दले जनजिवन कष्टकर बन्दै गएको हो ।

बन्दकर्ताले बिहानैदेखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घासँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, वामीटक्सारका मुख्य बजारमा पनि बन्दकर्ताले बन्द गराउदै आएका छन् । संबिधान संसोधनमाको बिरोधमा गुल्मीमा सोमवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिईरहेका छन् ।

अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन, पत्रकार महासंघ,लोक दोहोरी प्रतिष्ठान, नागरिक समाज लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा धर्नादिदै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट