समाचार
प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

एजेन्सी मेलवर्न, २४ मंसिर । सामाजिक सञ्जालको नियमित प्रयोग मानसिक स्वास्थ्यका लागि राम्रो हुने हालै अष्ट्रेलियामा भएको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालको प्रयोग र मानिसको तनाव, चिन्ता र खुसीबीचको सम्बन्धका बारेमा अध्ययन गर्दा यस्तो भेटिएको हो । युनिभर्सिटी अफ मेलवर्न र मोनास युनिभर्सिटीले शुक्रबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सामाजिक सञ्जालले एक अर्कालाई सम्पर्कमा रहिरहन […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ मंसिर । खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब २५ जना भन्दा बढी यात्रु घाइते भएको अनुमान गरिएके छ । हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी/घुर्मी […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ मंसिर । ‘राजालाम’ नामबाट चर्चित रहेका हास्य कलाकार आरपी भट्टराईको राति सुतेकै अवस्थामा असामयिक निधन भएको छ । बिराटनगर घर गएका बेला राति सुतिरहेका ठाउँमा उनको निधन भएको हो । भट्टराई चारदिन अगाडि त्यता गएका थिए ।’तीतो सत्य’का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन् । उनले […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको चौलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनबीच सम्झौता भई काम सुरु भएको पुल निर्माण कार्य […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पाल्पा, २४ मंसिर । पाल्पाको सहलकोटका अजय सुनार अहिले चित्र कोर्ने कलामा रमाउँदै छन् । बाल्यकालदेखि नै चित्र कोर्ने कलामा रुचि जगाउँदै आएका सुनारको कला देख्ने जोकोहीको मन लोभ्याउने गर्दछ । उनले हातले बनाएको तस्बिर र डिजिटल प्रविधिबाट निर्माण गरिएको तस्बिर छुट्टयाउन गाह्रो परेको सुनारका साथी इमानसिंह रानाले बताए । रामतुल्सी उच्च माविमा […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार ललितपुर, २४ मंसिर । विसं २०१५ सालमा खुलेको कान्ति राजपथ अझै पूरा भइसकेको छैन । कच्ची बाटो र वर्षामा पहिरोका कारण बाटो अवरुद्ध भइरहँदा स्थानीयवासी हैरान छन् । बर्सेनि स्तरोन्नतिको काम भइरहे पनि स्थानीयवासीले सहजरूपमा आवत–जावत गर्न पाएका छैनन् । चारवर्ष पहिले सडक विस्तार सुरु भएको कलङ्की–कोटेश्वर (ललितपुर हुँदै) सडक पूरा नहुँदा ललितपुरवासी […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ मंसिर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघको गणना सुरु गरेको छ । विभागले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रको वार्षिक कार्यक्रमअनुसार बाघको गणना सुरु गरेको हो । गणना गरिएकामा बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ । […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार गौशाला, २४ मंसिर । तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै महोत्तरीमा पनि जोरसोरले शीतलहर शुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरी झैँ शीतलहरको वर्षा हुन थालेको छ । बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच जिल्लाको जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरको कारण […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार भोजपुर, २४ मंसिर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मंसिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए । कालोपत्रको कामका लागि ४० भन्दा […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बैतडी, २४ मंसिर । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषको बेवारिसे शव फेला परेको छ । मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । ‘शरीरको दायाँपट्टिको भाग […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ मंसिर । विपक्षी दल निकटका संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् । व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरूले आज युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरूले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार दाङ, २४ मंसिर । दाङको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर–९ दोघरेमा रहेको तीर्थराज गिरीको फर्निचर उद्योगमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको गिरीले बताए । शुक्रबार बिहान करिब ४ बजे फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगका सामग्री र मेसिन जलेर नष्ट भएका […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

तस्बीर :कीर्तन प्रधान  


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार गुल्मी, २४ मंसिर । सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन पनि गुल्मीको जनजीवन प्रभावित बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्न बाध्य भएका छन् […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मुगु, २४ मंसिर । सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले सरकारमार्फत गत मंसिर १४ गते संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावका विरुद्घ विहिबार मुगुमा नेकपा (एमाले)ले विरोध प्रदर्शन गरेको छ । एमाले जिल्ला कमिटीले आयोजना गरेको विरोध प्रदर्शनमा भ्रातृ सङ्गठन र पार्टी गाउँ तथा जिल्ला कमिटीका सदस्यको सहभागीता रहेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट