समाचार
प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बनेपा, २२ मंसिर । बनेपा हुँदै बहने पुण्यमाता खोला र आसपासको क्षेत्रलाई प्रदूषणमुक्त बनाउन सरोकार भएकाले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालयको वातावरण विभागका विद्यार्थीले मङ्गलबार धुलिखेलमा आयोजना गरेको पुण्यमाता सरसफाइ छलफल कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् । केयुका चार विद्यार्थीले सुरु गरेको अभियानलाई हौस्याउँदै उनीहरूले पुण्यमाता […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार उदयपुर, २२ मंसिर । जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २२ मंसिर । जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरूलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ–१ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चारघन्टा हिँडेर रम्सिल […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पर्वत, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच पर्वतमा एकता सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच मङ्गलबार पार्टी एकता भएको हो । एकीकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्वसम्मतरूपमा चयन भएका छन् । दुई पार्टीबीच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार राजविराज, २२ मंसिर । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक दिवेश लोहनीविरुद्व सप्तरीका पत्रकारले गर्दै आएको आन्दोलन मङ्गलबारदेखि फिर्ता भएको छ । प्रहरी उपरीक्षक लोहनी स्वयम् राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गएर पत्रकारसँग भएको घटनाप्रति आत्मालोचना गर्दै दुःख प्रकट गरेका थिए । प्रहरी उपरीक्षक लोहनीले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सदैव […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २२ मंसिर । केही वर्षअघिसम्म मंसिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार सप्तरी, २२ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशन बसेका छन् । उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन र्यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार चितवन, २२ मंसिर । चितवनमा १६ हजार तीनसय ५५ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित गरी यसअघि चितवनमा १५ हजार सातसय ४९ भूकम्पपीडितको तथ्याङ्क आएको थियो । त्यसमा पूर्णक्षति तीनहजार सातसय […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार मोरङ, २२ मंसिर । विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गरेका हुन् । पुल निर्माण भएपछि बैजनाथपुर, झोराहाट, खुनियाकटाका बासिन्दाले सुविधा पाउने र सवारी आवतजावतमा समेत सहज हुने बताइएको छ । रु […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इटहरी, २२ मंसिर । सरकारले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले तयार गरेको कार्यविधि अनुसार २०६८ सालको जनगणनालाई आधार मानेर गरेको विषय वैज्ञानिक र व्यावहारिक समेत नदेखिएकोमा इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका ११ वटा राजनीतिक दलले अस्वीकार गरेका छन् । मङ्गलबार इटहरी उपमहानगरपालिकामा भएको राजनीतिक दल, नागरिक समाज र सरोकारवालाको भेलाले विज्ञप्तिमार्फत स्थानीय निकायको पुनःसंरचनासम्बन्धी […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दाङ, २२ मंसिर । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए । जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ । ग्रामीणस्तरमा […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इटहरी, २२ मंसिर । इलाका प्रहरी कार्यालयले केही दिनदेखि राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा बरामद गरेको पाँचहजार लिटर घरेलु मदिरा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीको सक्रियतामा मोरङ झापालगायतका जिल्ला र इटहरीकै आसपासका क्षेत्रमा उत्पादन गरी विराटनगर एवम् भारतको जोगबनीसम्म लैजाने उद्देश्यले ल्याइएका घरेलु मदिरा सवारी […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बागलुङ, २२ मंसिर । एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी बागलुङ कालिका भगवती मन्दिर परिसरमा ल्याइएको छ । सौर्य ऊर्जा र विद्युत् दुबैबाट ट्याङ्कीमा रहेको मोटरमा ऊर्जा प्रवाह गरी ‘पम्प’ मार्फत् मन्दिरको अग्रभागमा निर्माण गरिएको नौ धारामा पानी खसालिएको हो । मन्दिर आउने धर्मावलम्बीलाई लक्षित गरी नौवटा धारासहित स्नान […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ मङ्सिर । द्वन्द्वपीडित राष्ट्रिय समाजले सरकारले द्वन्द्वपीडितका समस्या समाधानमा पक्षपात गरेको आरोप लगाएको छ । समाजले आज नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा ज्ञापनपत्र बुझाउँदै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी आयोग राजनीतिक हस्तक्षेपको मारमा परेको जनाएको हो । समाजका अध्यक्ष कुलबहादुर गुरुङले सत्य निरुपण आयोगमा […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

चितवन, २२ मंसिर । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने – संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ । संशोधन प्रस्ताव पारित नभए […]



 

 

 

 

 

 

 


ताजा अपडेट