पर्वतमा दुई राप्रपाबीच एकता

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
पर्वत, २२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई घटकबीच पर्वतमा एकता सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बीच मङ्गलबार पार्टी एकता भएको हो ।

एकीकृत राप्रपाको अध्यक्षमा ठाकुर भुसाल सर्वसम्मतरूपमा चयन भएका छन् । दुई पार्टीबीच एकता हुने क्रममा पुरानो राप्रपाका अध्यक्ष रणबहादुर क्षेत्री पार्टी नेता तथा जिल्ला संयोजक तथा पुरानो राप्रपा नेपालका अध्यक्ष ठाकुरप्रसाद भुसाल पार्टी अध्यक्ष भएका हुन् । यसैगरी, एकीकृत पार्टीको सहअध्यक्षमा ईश्वर गिरी, उपाध्यक्षमा प्रकाश पौडेल, सचिवमा दुर्गाप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा अशोक गुरुङ चयन भएका छन् । यस्तै, प्रवक्तामा ठाकुरबम मल्ल चयन भएका छन् ।

यसअघि भएको एकता भेलामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलप्रकाश कंँडेल, इच्छाबहादुर गुरुङ, दीपक कुँवर, तिलक रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा नेताले राप्रपालाई मुलुकको तेस्रो शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् । उनीहरूले अब हिन्दूराष्ट्र र संवैधानिक राजतन्त्रको मुद्दा चर्कोरूपमा उठ्ने दाबी गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट