सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
दाङ, २२ मंसिर । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए ।

जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति विद्यालयमा दरबन्दी नै नभएको अवस्था छ । ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयमा दरबन्दी  नहुदा समस्या भोग्दै आएका छन् । सदरमुकाममा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षकको संख्या धेरै बढिरहेको पाइएको छ । शिक्षकले राजनीतिक दलको आडमा सुगम विद्यालय छोड्न मान्दैनन् ।

यस प्रकारको समस्या समाधान गर्नका लागि दरबन्दी मिलानको कार्यलाई अगाडि बढाउने शिक्षा कार्यालयले जनाएको छ । शिक्षा अधिकारीका अनुसार दरबन्दीका लागि छिट्टै शिक्षक संघ–संगठनसँग छलफल गरिने बताए । उनका अनुसार दरबन्दी मिलान गर्दा आधारभूत तहसम्म कुनै पनि समस्या नपर्ने र माध्यमिक तहका लागि भने केही अपुग हुनेछ । जिल्लाका विभिन्न विद्यालयको अनुगमनका क्रममा हाजिरी रजिस्टरमा भएको र वास्तविक विद्यार्थी सङख्या फरक देखापरेको समेत शिक्षा अधिकारी मैनालीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट