समाचार
प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दाङ, २२ मंसिर । अनेरास्ववियु र युवा सङ्घले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ । जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो । सरकारले प्रदेश नं ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् । बन्दका कारण जिल्लाबाट सञ्चालन हुने […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसाहनिया महादेव पुलको आज शिलान्यास गरेका छन् । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार भद्रपुर, २२ मंसिर । संविधान संशोधनको प्रस्तावप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बूवान पार्टी नेपालले आम हड्ताललगायतका आन्दोलनका कार्यक्रम शान्तिपूर्ण बनाउने तीन बुँदे सहमति गरेको छ । संवाद समूहको सचिवालय विर्तामोडमा आज झापाका नागरिक समाज तथा मानव अधिकारकर्मीसँगको छलफलमा सङ्घीय लिम्बूवान पार्टी नेपालले त्यस्तो सहमति जनाएको हो । सहमतिअनुसार उक्त […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ मंसिर । मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने वन क्षेत्रमा कार्यरत श्रमिकको बारेमा अहिलेसम्म कुनै कानुनी व्यवस्था नभएको भन्दै सरोकारवालाहरुले चिन्ता र चासो व्यक्त गरेका छन् । देशको कुल जनसङ्ख्याको ७४ प्रतिशत मानिस कृषि र वन क्षेत्रमा निर्भर छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा राष्ट्रिय जनवकालत मञ्च नेपाल […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार धनगढी, २२ मंसिर । कैलाली जिल्लामा वन विनास, वन क्षयीकरणका कारण र जैविक विविधतालाई पर्ने खतरालगायतका विषयमा हरियो वन कार्यक्रमले पारेको प्रभावबारे अध्ययन सुरु गरिएको छ । हरियो वन कार्यक्रमले पारेको प्रभाव एवम् देखिएको नतिजाका बारेमा यसमा सरोकार राख्ने स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समूहका पदाधिकारी, वन कर्मचारीलगायतकाबीच छलफल गरेर अध्ययन थालिएको […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार २२ मंसिर, काठमाडौं । दिल्लीस्थित विभिन्न देशका दूतावासहरुले भारतीय विदेश मन्त्रालयमा पत्र लेखेर नोट प्रतिवन्धको विरोध गरेका छन् । छिमेकी मुलुक तथा कूटनीतिक नियोगमा रहेको ५ सय र एक हजार भारु सटहीबारे सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । तर, भारतको वित्त मन्त्रालयले कुनै निर्णय गरेको छैन । जसका कारण नेपाल […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार २२ मंसिर, काठमाडौं । संविधान संसोधन बिधेयक राष्ट्रघाती भन्दै आन्दोलनरत नेकपा एमालेका युवा र विद्यार्थी संगठनले बुधवार आज विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि बिरोध प्रदर्शन गरेका छन् । युवा संघ नेपालका अध्यक्ष राजिव पहारी र अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा जुलुससहित अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले बालुवाटार नपुग्दै रोकेको थियो । राष्ट्र वैंक चोक […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार २२ मंसिर, काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले सामाजिक सञ्जालबाट अपराध हुने सङ्ख्यामा वृद्धि आएको जनाएको छ । नेपालमा सामाजिक सञ्जालको विकाससँगै सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर अपराध गर्ने गरेको फेला पारेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले अपरिचित व्यक्तिले आफ्नो मन नपरेको व्यक्तिको […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

२२ मंसिर, एजेन्सी । इन्डोनेशियको उत्तरी क्षेत्रको आच प्रान्तमा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार भूकम्प साढे पाँच बजे आएको थियो । भूकम्पका कारण २० को मृत्युको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थानहरुमा बसेका […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार वासिङ्टन डिसी, २१ मंसिर । दिवङ्गत पत्रकार कर्ण बोेहराको श्रीमतीको उपचारमा सहयोग गर्न अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले सङ्कलन गरेको रु एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाएका हुन । नेपाल, अस्ट्रेलिया, […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार ललितपुर, २१ मंसिर । ललितपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले रासन भत्तामा आफूहरूलाई विभेद भएको गुनासो गरेका छन् । नगर प्रहरीलाई नेपाल प्रहरीसरह नै रासन भत्ता उपलब्ध गराउने व्यवस्था भएपनि उपमहानगरपालिकाले भने आय स्रोत पर्याप्त नभएको भन्दै प्रहरी÷सेनाभन्दा झन्डै रु एक हजार कम रकम नगर प्रहरीलाई दिँदै आएकाले उनीहरूले यस्तो गुनासो गरेका हुन् […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार चितवन, २१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले ५ नं प्रदेशलाई पहाड र तराईमा छुट्याउन नहुने बताएका छन् । चार दिनको भारत भ्रमणपछि नवलपरासीको एक कार्यक्रमलाई सम्बोधन गरेर काठमाडौं फर्किने क्रममा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीको बैठकले यसबारे निर्णय नगरेको र छलफल भएको जानकारी पनि नभएको स्पष्ट पारे । […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ । भारतको गोवामा हालै सम्पन्न ब्रिक्स सम्मेलनका क्रममा ती दुई शीर्ष व्यक्तित्वबीच द्विपक्षीय भेटवार्ता हुँदा खिँचिएको तस्बिरलाई चिनियाँ चित्रकारले उतारेका थिए । सो अवसरमा […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिएको छ । नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गरे । भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । शिक्षा क्षेत्रमा देखिएको लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा सहभागी एकमत छन् । शिक्षामा लैङ्गिक समतामा मन्त्रालयबीच समन्वय गर्नका लागि आयोजना गरिएको दुईदिने ‘छात्रा शिक्षा तथा लैङ्गिक समता’ सम्बन्धी राष्ट्रिय सम्मेलनमा सहभागीले लैङ्गिक विभेद अन्त्य गरी छात्राको शिक्षामा गुणस्तर ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा शिक्षा विभागका निर्देशक मित्रमणि गर्तौलाले सम्मेलनमा […]



 

 

 

 

 

 

 


ताजा अपडेट