संविधान संसोधन बिधेयक राष्ट्रघाती भन्दै एमाले युवाहरूको प्रदर्शन

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
२२ मंसिर, काठमाडौं । संविधान संसोधन बिधेयक राष्ट्रघाती भन्दै आन्दोलनरत नेकपा एमालेका युवा र विद्यार्थी संगठनले बुधवार आज विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि बिरोध प्रदर्शन गरेका छन् ।

युवा संघ नेपालका अध्यक्ष राजिव पहारी र अनेरास्ववियुकी अध्यक्ष नविना लामाको नेतृत्वमा जुलुससहित अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले बालुवाटार नपुग्दै रोकेको थियो । राष्ट्र वैंक चोक पुग्नुअघिनै प्रहरीले फलामे काँडेतारको ब्यारियर खडा गरेर आन्दोलनकारीलाई अघि बढ्न नदिएपछि केहीबेर तनाव सिर्जना भएको थियो ।

संशोधन प्रस्ताव नेपाली जनताको माग नभई भारतीय राजदूतले मस्यौदा गरेको भारतीय प्रस्ताव भएकाले यो फिर्ता हुनुपर्ने उनीहरुले बताए । प्रदर्शनकारीले सरकार र संविधान संसोधन बिधेयकको बिरोधमा नारबाजी गरेका थिए ।

प्रदर्शनमा एमालेसहित अन्य साना बामपन्थी दलका युवा विद्यार्थी संगठनले पनि समर्थन जनाएका छन् । सत्तापक्षले ५ नम्बर प्रदेशको आन्दोलनमा लागेका उद्योगीमाथि अपराधी लगाएर गोली प्रहार गरेको भन्दै युवा संघ र अखिलले आपत्ति जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट