नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक : राजदूत टिरिङ

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिएको छ । नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गरे ।

भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा सङ्घ विश्वस्त रहेको बताएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट