समाचार
प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार लहान, १९ मंसिर । ‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आइतबार घोषणा गरिएको छ । केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणाका लागि आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष इस्लामले सम्पूर्ण मूलवासीको इतिहास, अस्तित्व र पहिचानको रक्षा गर्दै जातीय, […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ मंसिर । आगामी पुस मसान्तभित्र भवनको अद्यावधिक नगर्नेलाई काठमाडौं महानगरपालिकाले कारबाही गर्ने भएको छ । कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले दिएको मितिसम्म पनि नगरवासीले उक्त काम नगरेमा कारबाहीमा पर्ने पक्का छ । सूचना संकलनका लागि स्वीकृति लिएर सोबमोजिम निर्माण नभएका तथा स्वीकृति नलिई भवन निर्माण भएका सबै […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ मंसिर । माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर संगठनात्मक संरचना एवं नीति तथा कार्यक्रम तयार पार्ने तयारी गरिरहेको पार्टीले जनाएको छ । पार्टी अध्यक्ष […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार सल्यान, १९ मंसिर । श्रीमान् गुमाएको १५ दिन नबित्दै घरमा आगलागी भएकी महिलालाई सहयोग हस्तान्तरण गरिएको छ । वागचौर नगरपालिका–७ सानागाडाकोटकी अमृता शाहीलाई स्थानीय खरीबोट बजारवासीले खरिबोट बजार व्यवस्थापन समितिको अगुवाइमा राहतस्वरुप चामल, नुन तेल, लत्ताकपडा तथा भाँडाकुडा दिइएको हो । पीडित शाहीको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले समुदायमा मानवीय भावना जगाउन […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पोखरा, १९ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत पोखराको पृथ्वीचोकस्थित चाइना पुलमा आइतबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग१ख ४३५० नं को टिपरले ग२प १०६६ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पोखरा–१८ खाल्टे मसिनाका १९ वर्षीय असिम गुरुङ सख्त घाइते भई तत्काल उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचार […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ मंसिर । ज्यापू संस्कृति विकास कोषले यही २८ मंसिरमा तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई उनकै निवास लाजिम्पाटमा भेटी ज्यापू दिवसका दिन वसन्तपुरमा हुने कार्यक्रममा प्रमुख आतिथ्य ग्रहणका लागि निमन्त्रणा गरेको छ । अध्यक्ष सिंहले […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पाल्पा, १९ मंसिर । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् । कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्न आउन थालेका छन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय गर्र्न जिल्ला बाहिरदेखि पाल्पा आउने विद्यार्थीको चाप बढेको […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कावासोती, १७ मंसिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्डविपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ संघसंस्थाले विरोध जनाउँदै नेपाल पत्रकार महासंघ नवलपरासीमा तालाबन्दी गरेका छन् । नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यबाहक अध्यक्ष एवं छनोट समितिका संयोजक वीरेन्द्र पराजुलीले एकलौटी तरिकाले साधारण […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मोरङ, १७ मंसिर । कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले संशोधनको विषयमा केही राजनीतिक दलको असन्तुष्टि रहेपनि अन्ततः सबैले मत दिने हुँदा संशोधन प्रस्ताव पास हुने विश्वास व्यक्त गरे । सभापति देउवाले […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार ललितपुर, १७ मंसिर । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति पुष्पकमल दाहालले प्रविधि विकास प्राथमिकतामा नाष्टले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार यहाँ बसेको नास्टको ३९औँ बैठकमा उनले नास्टको विकासका लागि पुरक बजेटमार्फत बजेट वृद्धि गरिने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले नाष्टले गर्ने हरेक अनुसन्धान […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बुटवल, १७ मंसिर । सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आज बुटवलका उद्योगी व्यवसायीले जुलुस गरेका छन् । जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायत स्थानबाट जुलुस निस्किएको थियो । उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरू राष्ट्रिय […]


प्रकाशित मिति: १७ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ मंसिर । एमाले निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै शुक्रबार देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ । सो प्रस्ताव देश र जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले अनेरास्ववियुले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभासमेत […]


प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १६ मंसिर । नेपालले सन् २०३० सम्ममा एचआइभी÷एड्स नियन्त्रण र रोकथाम गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नसक्ने भएको छ । कार्यक्रममा एचआइभी संक्रमित महासंघका अध्यक्ष अच्युतकृष्ण सिटौलाले सरकार र दाताले एचआइभी संक्रमितको उपचार तथा रोकथामका लागि लगानी घटाउँदै जाँदा सो लक्ष्य पूरा नहुने बताए । उनले भने, ‘सरकारी आँकडामा ३९ हजार […]


प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बुटवल, १६ मंसिर । ५ नं प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा बुटवललगायत रुपन्देहीका विभिन्न ठाउँमा बिहीबार पनि बन्द तथा प्रदर्शन भएका छन् । बिहानैदेखि भएको बन्दका कारण बुटवललगायत रुपन्देहीको जनजीवन प्रभावित भएको छ । अनेरास्ववीयुका विद्यार्थी तथा अखन्ड प्रदेश नं ५ दबाब अभियानलगायतको अगुवाइमा प्रद्धर्शन गरिएको हो […]


प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार दाङ, १६ मंसिर । साहित्यकार तथा समाजसेवी नित्यानन्द शर्माको निधन भएको छ । बुधबार राति उनको आफ्नै निवासमा निधन भएको हो । ६४ वर्षीय शर्मा क्यान्सर रोगबाट पीडित थिए । शर्मा राप्ती अञ्चलको पहिलो कथाकारका रुपमा पनि परिचित छन् । दर्जन बढी पुस्तक प्रकाशन गरेका उनले रोगसँग लडिरहेको समयमा पनि बालगीत स्रंग्रह […]



 

 

 

 

 

 

 


ताजा अपडेट