समाचार
प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इलाम, ११ मंसिर । रु साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १ सय ७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । ०६४ सालबाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा […]


प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ मंसिर । घरमै सुत्केरी हुने समस्याका कारण अझ पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मदा सास फेर्न कठिनाइ २४ दशमलव ९५, संक्रमण २२ दशमलव २५, निमोनिया १० दशमलव ३५ र […]


प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार धनुषा, १४ मंसिर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज (मंगलबार) देखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव २० मंसिरसम्म चल्नेछ । मेलामा भिडभाडलाई […]


प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गौशाला, १४ मंसिर । करिब १ महिना अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले १ युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार भोजपुर, १० मंसिर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पर्वत, १० मंसिर । चित्रे गाविस– ८ की रितु सुनार १४ वर्षकै कलिलो उमेरमा छिमेकी किशोरसँग विवाह गरिन् । विवाह गरेको केही महिनापछि उनी गर्भवती भइन् । उमेर नपुगिकन विवाह भएकाले उनमा थुप्रै खालका स्वास्थ्य समस्या देखिए । बच्चा पनि जन्मियो तर ‘बच्चा जन्माउन निकै समस्या र आर्थिक बोझ समेत व्यहोर्नु प¥यो’ […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

एजेन्सी सिड्नी, १० मंसिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम रुपमा प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । अस्ट्रेलियाको सिड्नीमा शुक्रबार आयोजित नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैरआवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने […]


प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बैतडी, १० मंसिर । आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको १ प्राथमिक विद्यालय १ जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ । ०५० सालमा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक कर्णबहादुर मडैले जानकारी दिए । […]


प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार

महोत्तरी, ९ मङ्सिर । महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् । जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि अध्ययन गर्न बाध्य भएका हुन् । दलित मुसहर र मुस्लिम समुदायका […]


प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना, एन.ए.सि.जी. नेपाल र सिजपको समन्वय, युरोपियन युनियन र सेभ द चिल्ड्रेनको सहयोग माझ राजधानीमा बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्य बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरु, राष्टिय एवं अन्तराष्टिय संघ संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत सरोकारवालाको सहभागिता रहेको थियो। महिला […]


प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल सम्वाददाता काठमाडौं ÷ भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले मुटु उपचार सेवा शुरु गरेको छ । अस्पतालले पहिलो पटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारीको अगुवाईमा डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया […]


प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार चितवन, ७ मंसिर । चितवन जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको ५ वर्ष पुगिसकेको छ । तर, जिल्लाको विकट काउलेको एउटा गाउँभरि कतै पनि शौचालय छैन । काउले–१ को साप्रेनी गाउँको कुनै पनि घरमा शौचालय छैनन् । शौचालय बनाउनका लागि कसैले वास्ता नगरेपछि गाउँमा शौचालय बनाउन नसकिएको स्थानीय बताउँछन् । करीब ३५ […]


प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ७ मंसिर । सरकारी चिकित्सक संघ नेपालले सरकारी अस्पतालमा बहिरंगलगायत सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन हुन नसक्ने जनाएको छ । मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालिएको संघले आरोप लगाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै […]


प्रकाशित मिति: ७ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार भक्तपुर, ७ मंसिर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् । सानोठिमीमा आयोजित विश्वविद्यालय अनुदान आयोगको २३आँै वार्षिकोत्सव कार्यक्रममा उनले प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेपको जटिलता चुनौतीका रुपमा रहेकाले यसलाई हटाउन सक्नुपर्नेमा जोड दिए । नेपालमा वैदेशिक विश्वविद्यालयका कार्यक्रम ९६ वटा सञ्चालन भइरहेको जानकारी दिँदै उनले नेपालमा सञ्चालित वैदेशिक […]


प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

मंसीर ,४ काठमाडौँ  । काठमाडौँको डल्लु विष्णुमति छेउँमा एक गारमेण्ट कारखानामा भर्खरै आगो लागेको छ । भीषण आगलागीबाट काठँको फर्निचर, गारमेण्टका साथै कवाडी सामान राख्ने कारखाना पूर्ण रुपमा जलेको छ । चिसो बढेकाले आगो बालेर ताप्ने क्रममा आगलागी भएको हो । नेपाल प्रहरी , सश्स्त्र प्रहरी र नेपाल आर्मीको चार घण्टा लामो प्रयासपछि अहिले आगो […]



 

 

 

 

 

 

 


ताजा अपडेट