अग्निपीडितलाई सांसद कार्कीद्वारा सहयोग

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
भोजपुर, १० मंसिर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं भोजपुरका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा सांसद कार्कीले यस्तो दुःखद् घटनाप्रति सरकार गम्भीर रहेको भन्दै पीडित परिवारको पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए । आगलागीपीडितका लागि हालसम्म ८ लाख २७ हजार ८ सय १ रुपैयाँ संकलन भएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट