समाचार
प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २१ कात्तिक । धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न आइतबारदेखि हेलिकप्टर परिचालन गरिएको हो । नेपाली र नेदरल्यान्ड्सका १० उद्धारकर्मीसहित तालिमप्राप्त २ कुकुर बेपत्ताको […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार दोलखा, २१ कात्तिक । दोलखालाई २ नगरपालिका र ७ गाउँपालिका गरी ९ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ । यसअघि १ नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा अन्त्यमा २ नगरपालिकासहित ७ गाउँपालिकामा आएर […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार नवलपरासी, २१ कात्तिक । यहाँ १५ स्थानीय तह बनाउने प्रस्ताव दलहरुलाई अघि सारिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका बनाउने प्रस्ताव राखिएको छ । जनसंख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५ स्थानीय तह बनाउने गरी प्रस्ताव […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार कावासोती, २१ कात्तिक । एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नं ४ का संयोजक किरण गुरुङले सहमतिका आधारमा पहिलो संविधानसभामाजस्तो यसपटक संसद्को समय नलिम्बने भएकाले १५ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव गरेर संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् । एमाले प्रदेश नं ४ को बैठकका लागि नवलपुर, अमलटारीमा आएका उनले प्रेस […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार बुटवल, २१ कात्तिक । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका एक व्यक्तिको केही दिनअघि भएको हत्या उनकै साथीले गरेको प्रहरीले जिकिर गरेको छ । बुटवल उपमहानगरपालिका–५ का अन्दाजी ३४ वर्षीय वीरबहादुर गुरुङको शव यही १४ कात्तिक राति बुटवल र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा फेला परेको थियो । बिहानै खोलामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० कात्तिक । उपत्यकाका प्रमुख नदी सफाइ गरी शनिबार ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बागमती सफाइ महाअभियानको १८२औँ हप्ता र विष्णुमती सफाइको ११४औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी ९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइको नेतृत्व पूर्वमुख्यसचिव लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापालगायतले गरेका थिए […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० कात्तिक । रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको बताएका छन् । काँग्रसेका नेतासमेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिबारे विश्वमा सकारात्मक सन्देश गएको बताए । राष्ट्रपति […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार गौशाला, २० कात्तिक । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शनिबारदेखि सुरु भएको छ । सामा चकेवा पर्व पञ्चमीदेखि सुरु भई दश दिनसम्म चल्ने छ भने एघाराँैदिन पूर्णिमाका दिनमा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ । दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

कपिलवस्तु, २० कात्तिक । कपिलवस्तुमा ५ वटा नगरपालिका र ६ गाउँपालिका बनाउने सर्वदलीय सहमति जुटेको छ । स्थानीय निकायको सिफारिस गर्न गठित जिल्ला प्राविधिक समितिको आयोजनामा भएको सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रको नगर फुटाउने विषयमा फरक मत रहे पनि ११ बनाउनेमा भने सर्वसहमति भएको हो । कपिलवस्तुको शिवराज नगरपालिकामा थुह्न्यिा र लालपुर मिलाएर चन्द्रौटा […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार लहान, २० कात्तिक । गोलबजार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयबासिन्दाले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् । कार्यालय भवन निर्माण गर्न गोलबजार नपा–६ का स्थानीय धर्मसिंह तामाङले छ कठ्ठा, पदमलाल लामा र मदनकुमार लामाले ३÷३ कठ्ठा निःशुल्क प्रदान गरेका हुन् । पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर आसपासको क्षेत्रमा जग्गादान […]


प्रकाशित मिति: २० कार्तिक २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार कलैया, २० कात्तिक । कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान करिब २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ । आगलागीबाट करिब २५ लाख रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, […]


प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी ३ दिवसीय नेपाल भ्रमणको अन्तिम दिन शुक्रबार दिउँसो पोखरा पुगेका छन् । यसअघि जनकपुर भ्रमणमा रहेका राष्ट्रपति मुखर्जी जनकपुरको कार्यक्रम सकेर सिधै पोखरा पुगेका हुन् । बुद्ध एयरको जहाजबाट उनी पोखरा गएका हुन् । उनी चढेको बुद्ध एयरको जहाज काठमाठौंमा नरोकिई सिधै पोखरा पुगेको […]


प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार जनकपुर, १९ कात्तिक । नेपालको ३ दिने राजकीय भ्रमणमा रहेएका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुरधाम आइपुगेका छन् । काठमाडौंबाट बुद्ध एअरको विमानबाट आकर्षक र मनमोहक हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै शुक्रबार अपराह्न यहाँस्थित जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत गरेका थिए । […]


प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पर्सा, १९ कात्तिक । एमालेका सचिव योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले देशमा समानान्तर सत्ता चलाई संविधानलाई असफल पार्ने खेलमा लागेका कारण उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याएको बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ७ दशकको लामो संघर्ष र हजारौँ नेपालीको बलिदानबाट […]


प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ कात्तिक । शिक्षा ऐन (आठौँं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ । गत १५ असारमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको ४ महिना भइसकेको छ । नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल छ । एक महिनाअघि […]



 

 

 

 

 

 

 


ताजा अपडेट