समाचार
प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

मंसिर,१ काठमाडौं । नेपाल तरुण दलले सर्वसम्मत पदाधिकारी चयन गर्दै चौथो महाधिवेशन सम्पन्न गरेको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् । यसैगरी उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङ चयन भएका छन् । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल […]


प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलवार

कात्तिक, ३० काठमाडौं । मदिरा भन्दा लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझै बढी हुने भएकाले  प्रहरीले मादक पदार्थ सेवन गर्नेलाई मात्र नभइ गाँजा लगायत लागू पदार्थ सेवन गरी सवारी चलाउनेलाई पनि कारबाही गर्न थालेको छ । प्रहरीले भक्तपुरको नगरकोट क्षेत्रमा गाँजा तथा अन्य लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको पाइएपछि  निगरानी बढाएको […]


प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार

कात्तिक, २८  काठमाडौं । भोली  सोमबार ७० बर्षपछि पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने भएको छ । चन्द्रमा सन् १९४८ पछि पृथ्वीको सबैभन्दा नजिक देखिएको हो । आज र भोलि बेलुका देखिने जस्तै चन्द्रमा अव सन् २०३४ मा मात्र देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ चन्द्रमाले पृथ्वीलाई घुम्ले कक्ष गोलो नभई अण्डाकार भएकाले […]


प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार बनेपा, २८ कात्तिक । काभ्रेपलाञ्चोक जिल्लाको पाँच गाविसमा भूकम्पपीडितका लागि नमुना भूकम्प प्रतिरोधी आवास निर्माण हुन थालेका छन् । भूकम्पपश्चातको पुनःनिर्माण जीविकोपार्जन तथा पुनःलाभ परियोजनामार्फत जिल्लाको नयाँगाउँ देउपुर, गैरीविसौना देउपुर, महादेवस्थान, बालुवापाटी र जैसिथोकमा एकसय १० घर निर्माणाधिन अवस्थामा रहेको ‘द लुथरन वल्र्ड फेडरेसन’ परियोजना प्रवन्धक रितुवर्ण सिलवालले जानकारी दिए । यी […]


प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, कात्तिक २८ । महँगी, भ्रष्टाचार तथा खाद्य अधिकारको सुनिश्चितताको नारासहित नेकपा माओवादी विप्लव समुहले गरेको बन्दका कारण आज बिहानैदेखि राजधानीको जनजीवन केही प्रभावित भएको छ । अधिकांश विद्यालयहरुले गाडी नचल्ने कारण देखाएर बन्द गरेका छन् । सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् । मुख्य सडकका ठुला पसलहरु बन्द छन् । सार्वजनिक […]


प्रकाशित मिति: २८ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार नुवाकोट, २८ कात्तिक । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पुनःनिर्माण औपचारिक रुपमा शुभारम्भ भएको छ । विदुर नगरपालिका–३ स्थित नुवाकोटको ७ तले दरबार क्षेत्रमा अवस्थित भैरवी मन्दिर पुनःनिर्माणको आइतबार शिलान्यास गरिएको हो । मन्दिरमा पुजारी(धामी) हरिमानसिंह डंगोल र गुभाजु मुसमरत्न वज्राचार्यले विधिपूर्वक पूजाअर्चना गरी मन्दिर निर्माणमा सहभागी डकर्मी जुजुभाइ नगरकोटीलाई ज्यावल […]


प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

२४ कात्तिक, काठमाडौं । डेमोक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई हराउँदै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति बनेका छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक पर्नेमा ट्रम्पले २७४ इलेक्टोरल मत पाएको समाचार एजेन्सी एपीले जनाएको छ । यो जीत सँगै अमेरिकामा रहेका ट्रम्मका समर्थकहरुले खुशीयाली मनाउल थालेका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

कार्तिक, २४ काठमाडौं । अमेरिकाको राष्ट्रपति पदका लागि भएको चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि छन् । अहिलेसम्मको मत परिणामअनुसार डोनाल्ड ट्रम्पले २४४ मत हासिल गरेका छन भने डेमोक्रेटिक हिलारी क्लिन्टनले २०९ मत प्राप्त गरेकी छिन । अमेरिकामा  ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

भक्तपुर, २३ कात्तिक । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले गाउँ गाउँमा अनुदान पाउने लाभग्राहीको नाम टाँसेपछि लाभग्राहीमा आफ्नो नाम छुटेका भूकम्पपीडितले आज विरोध गरेका छन् । भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीका सूचीबाट हटाइएको र दुई तथा काठमाडाँैमा समेत घर भएकाको […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

जाजरकोट, २३ कात्तिक । सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ । मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

मोरङ,२३ कात्तिक ।  राजनीतिक परिवर्तनका उपलब्धि संस्थागत गर्न दलहरु एक ठाउँमा हुनुपर्नेमा सभामुख ओनसरी घर्तीले जोड दिएका छन् । विराटनगरमा आज बिहान पत्रकारसँग कुरा गर्दै सभामुख घर्तीले अहिलेको चुनौती सामना गर्न संविधान कार्यान्वयन अत्यावश्यक रहेकाले दलहरुबीचको एकतामा जोड दिए । उनले सबै राजनीतिक दलबीच गहन छलफल र वार्ता हुन जरुरी रहेकामा जोड दिँदै संविधान संशोधन […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

काठमाडौँ, २३ कात्तिक । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज कुराकानी भएको छ । इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न भारत भ्रमणमा रहेका नेता देउवा र भारतीय प्रधानमन्त्रीबीच आपसी हित र चासोका बारेमा केन्द्रित रहेर पनि छलफल भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको […]


प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलवार

कात्तिक, २३ काठमाडौं । अमेरिकामा आज नयाँ राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरिनबाट ग्यारी जोनसन बीच चुनावी प्रतिस्पर्धा हुँदैछ । अमेरिकी चुनावमा मुख्य रुपमा क्लिन्टन र ट्रम्पबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिमदिन दुवै उमेदवारले एक अर्काको पकड रहेका निर्णयक राजइमा चुनावी […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार जनकपुरधाम, २१ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदै छ । श्रद्धालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणि सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी र तलाउमा यो पर्व शनिबार रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । शनिबार राति खरना सम्पन्न भएदेखि नै […]


प्रकाशित मिति: २१ कार्तिक २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ कात्तिक । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगमा दुई दर्जनभन्दा बढी जिल्लाको पुनःसंरचना प्रतिवेदन प्राप्त भएको छ । आयोगले कात्तिक पहिलो साता जिल्लामा नयाँ कार्यविधि पठाउँदै इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न पत्राचार गरेको थियो । आयोगले पठाएको पछिल्लो कार्यविधिअनुसार २६ जिल्लाको […]



 

 

 

 

 

 

 


ताजा अपडेट