समाचार
प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामालगायत माग राख्दै विगत १८ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संग नेपाल (गोदान) ले समर्थन जनाएको छ । गोदानका महासचिव डा विष्णुरथ गिरीले बुध प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुंग्याउन २४ […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ मंसिर । एमालेले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र संविधानको भावनाविपरीत संघीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने बताएका छन् । पार्टीको प्रचार विभागले बुधबार आयोजना गरेको अन्तक्र्रिया […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बुटवल, १५ मंसिर । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा बुधबार बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ । ५ नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, १५ मंसिर । बढ्दो सवारीसाधनको चापसँगै पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो । गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवागमन गर्ने भएका कारण पनि पोखरामा सवारीसाधनको […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार नेपालगन्ज, १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियान प्रारम्भ गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा कार्यान्वयनमा आंका पैदा भएको छ । बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब ३ हजारभन्दा बढी बालबालिका अहिले पनि उपमहानगरपालिकामा बाल श्रमिकका रूपमा कार्यरत रहेको पाइएकाले सो अभियानले मूर्तरूप लिन कठिन भएको हो । […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ मंसिर । व्यवस्थापिका–संसद्मा मंगलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर एमालेनिकट युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन् । युवा संघको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, १५ मंसिर । सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् । आदर्श मावि रिम स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षक–कर्मचारीले ५ दिन बराबरको तलब केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका आदर्श मावि रिमाका प्रधानाध्यापक कुमार […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताएका हुन् । ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । अख्यिार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका प्रमुख अनुसन्धान अधिकृत सोहनकुमार रौनियारविरुद्ध आरोपपत्र दायर गरेको छ । रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्ति पाउने तथा सोही कार्यालयको सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेस […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पाल्पा, ११ मंसिर । जिल्ला खेलकुद विकास समिति, पाल्पाका योजनामा भन्दा बाहिरका योजनामा जिल्लामा बजेट स्वीकृत भएर आउन थालेका छन् । खेलकुदले योजना छनोट गरी खेलकुद मन्त्रालयसँग माग गरेका योजनामा बजेट नआउने र बाहिरका योजनामा बजेट आउने गरेका हुन् । पहुँचका आधारमा मन्त्रालयबाट बजेट विनियोजन हुन थालेसँगै जिल्ला खेलकुद विकास भूमिका विहीन […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, ११ मंसिर । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक समितिले सर्वदलीय सहमतिका आधारमा जिल्लाका स्थानीय तहको खाका तयार गरेको छ । यसअघि प्राविधिक समितिले सिफारिस गरेको खाकामा व्यापक विरोध आएपछि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण अयोगले ३ दिनभित्र खाका सच्याएर पठाउन बिहीबार जिल्लास्थित प्राविधिक समितिलाई […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सबै राजनीतिक दलको सहमति र सहकार्यमा सरकारले निर्वाचनको मिति घोषणा गर्न लागेको बताएका छन् । उनले भने, ‘निर्वाचनको मिति घोषणा गर्न सरकारले राजनीतिक दलसित संवाद गरिरहेको छ, सहमति जुट्नासाथ मिति घोषणा हुन्छ, संविधान कार्यान्वयनका गर्न निर्वाचनको विकल्प छैन ।’ संसद्को राज्य व्यवस्था समितिको […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इलाम, ११ मंसिर । रु साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १ सय ७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ । ०६४ सालबाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा […]


प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ मंसिर । घरमै सुत्केरी हुने समस्याका कारण अझ पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मदा सास फेर्न कठिनाइ २४ दशमलव ९५, संक्रमण २२ दशमलव २५, निमोनिया १० दशमलव ३५ र […]


प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार धनुषा, १४ मंसिर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आज (मंगलबार) देखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ । त्रेतायुगमा श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव २० मंसिरसम्म चल्नेछ । मेलामा भिडभाडलाई […]



 

 

 

 

 

 

 


ताजा अपडेट