बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्य बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहीबार

काठमाडौँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना, एन.ए.सि.जी. नेपाल र सिजपको समन्वय, युरोपियन युनियन र सेभ द चिल्ड्रेनको सहयोग माझ राजधानीमा बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्य बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारीहरु, राष्टिय एवं अन्तराष्टिय संघ संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत सरोकारवालाको सहभागिता रहेको थियो। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालको सभापतित्व माझ आयोजित उक्त कार्यक्रमको शुरुवाती सत्रमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव शंकर पाठकले कार्यक्रममा उपस्थित सबैमा स्वागत मन्तव्य   राख्दैं बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी सरोकारवालाहरु सदैव सचेत र चनाखो रहनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मन्त्रालयका उप सचिव बुद्ध बहादुर गुरुङ्गले बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी सरकारको निती, रणनिती तथा कार्ययोजना संबन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  त्यसैगरि कार्यक्रमको अर्को चरणमा नागरिक समाजका तर्फबाट बालअधिकारकर्मी मिलन धरेलले निति देखि कार्यान्वयन र भावि योजना संबन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही नै कार्यक्रम माझमा सेभ द चिल्ड्रेनले सकारात्मक अनुशासनको विषयमा तयार पारेको वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रमको छलफल सत्रमा सहभागीहरुले आफ्नो राय एवं धारणा राख्नुका साथै अनुभव साट्ने काम गरेका थिए ।

कार्यक्रमको अन्तिम सत्रमा वत्ताहरुले मन्तव्य धारणा राखेका थिए । उक्त सत्र माझमा सिजपका अध्यक्ष कृष्ण सुवेदीले बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी सरकार र नागरिक समाज एकजुट भई अघि बढन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा आफ्नो पालोमा बोल्दैं एन ए सी जी नेपालका अध्यक्ष रविन नेपालीले बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी आफ्नो संस्था नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढन तत्पर रहेको धारणा राखेका थिए । कार्यक्रम माझमा बोल्ने क्रममा केन्द्रिय बाल कल्याण समितीका कार्यकारी निर्देशक तारक धितालले बालबालिकाको अधिकारको सुनिश्चिितताका लागि समिती गम्भीरतापूर्वक लागि पर्दै आईरहेको विचार प्रकट गरेका थिए ।

कार्यक्रममा आफ्नो पालोमा बोल्ने क्रममा महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापाँगाईले बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी परिवारजन, विद्यालय, समाज, सरकार लगायत सरोकारवालाहरु सबै नै जिम्मेवार रहने धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दैं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालले बालबालिका विरुद्ध हुने सजाय तथा अमर्यादित व्यवहारको अन्त्यका लागी सरोकारवालाहरुले संयुक्त रुपमा अभियान संचालन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट