मानव अङ्गमा मुटुको पहिलो शल्यक्रिया सफल

प्रकाशित मिति: ८ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल सम्वाददाता
काठमाडौं ÷ भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले मुटु उपचार सेवा शुरु गरेको छ । अस्पतालले पहिलो पटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारीको अगुवाईमा डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा. कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको अस्पालत श्रोतले बतायो ।

मुटुको उपचार सेवा सुरु गरेको एक महिना नबित्दै केन्द्रले मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको केन्द्रले राजधानीमा आयोजित एक पत्रकार सम्मलेनमा केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार मानव अंग प्रत्यारोपण केन्द्रले अब मुटुको भल्बदेखि मुटु तथा कलेजोको प्रत्यारोपण समेत गर्ने लक्ष्य लिएको छ । अब उक्त अस्पताल मुटु सेवा सञ्चालन गर्ने अस्पतालमध्ये भक्तपुरमा पहिलो र नेपालका सरकारी अस्पतालमध्ये चाँैथो मुटुको शल्यक्रिया गर्ने अस्पतालका रुपमा केन्द्र स्थापित भएको उनले बताए ।

संखुवासभा चैनपुर गाविसकी ५९ वर्षीय राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको वाइपास शल्यक्रिया सफल भएपछि अस्पतालले अब आफ्नो सेवालाई निरन्तरता दिन थालेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ । विगत सात वर्षदेखि मुटुको रोगले समस्या पारेको र पटकपटक गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा जाँदा हुन नसकेको शल्यक्रिया यहाँ भएको बिरामी श्रेष्ठले पत्रकार सम्मेलनमा बताईन ।

गङ्गालाल अस्पतालमा धेरैपटक गएको, तीनपटक त एनजिओग्राम नै गराएको, आपूmजस्ता दुई÷चारजना बिरामी भेला पारेपछि भारतबाट डाक्टर बोलाएर शल्यक्रिया गर्ने डाक्टरले भनेर कुराएको भए पनि यस अस्पतालमा आउने वितिक्कै शल्यक्रिया भएकोले यसबाट आपूmाई जीवनदान नै दियएको महशुस भएका विरामी राधादेवी श्रेष्ठले बताईन ।

नेपालमा दुर्लभ मानिने विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको अस्पताल श्रोतले बताएको छ । उक्त अस्पतालले हाल कार्डियोलोजीतर्फ इसिजी, इकोकाडियोग्राफी, हल्टर, टीएमटीको साथै मुटु शल्यचिकित्सातर्फ कोरोनरी वाइपास, मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्त नली फुलेको, जन्मजात मुटुको रोगलगायतको मुटु रोगका सेवा सञ्चालनमा ल्याइएको छ । केन्द्रमा अत्याधुनिक क्याथल्याब सेवा समेत सञ्चालन गर्न तयारी गरिरहेको बताउँदै प्रमुख डा श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटुको सम्पूर्ण उपचार तथा अनुसन्धान उपलब्ध गराउने जानकारी दिए ।

केन्द्रले मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण तथा कलेजोको समेत प्रत्यारोपण गर्ने तयारी गरेको बताउँदै हाल केन्द्रमा वार्षिक रुपमा सयभन्दा बढीको मृर्गौला प्रत्यारोपण र साताको ४०० जना मृर्गौला बिरामीको डाइलाइसिस तथा पेट र कलेजोको सम्पूर्ण उपचार अत्याधुनिक प्रविधिबाट गरिँदै आएको बताएका छन् ।

केन्द्रमा हाल रहेको दुईवटा शल्यक्रिया थिएटरबाट मृर्गौला र मुटुको शल्यक्रिया भइरहेको छ भने केही साताभित्रै अर्को अत्याधुनिक दुईवटा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट