बलात्कारका आरोपी जेल चलान

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

गौशाला, १४ मंसिर । करिब १ महिना अगाडि ४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले १ युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

गौशाला नगरपालिका–२ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

गत १६ कात्तिकमा साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ कात्तिकमा पक्राउ परेका अभियुक्तविरुद्ध प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरेकामा उक्त अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट