इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

२२ मंसिर, एजेन्सी । इन्डोनेशियको उत्तरी क्षेत्रको आच प्रान्तमा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार भूकम्प साढे पाँच बजे आएको थियो । भूकम्पका कारण २० को मृत्युको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ ।

भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थानहरुमा बसेका छन् । आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट