पत्रकार कर्ण बोहराकी श्रीमतीलाइ आर्थिक सहयोग

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

वासिङ्टन डिसी, २१ मंसिर । दिवङ्गत पत्रकार कर्ण बोेहराको श्रीमतीको उपचारमा सहयोग गर्न अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले सङ्कलन गरेको रु एक लाख ६० हजार नेपाल पत्रकार महासङ्घलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासङ्घ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाएका हुन । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी र शुभेच्छुकले सो रकम प्रदान गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट