सिसाहनिया पुलको प्रधानमन्त्री दाहालबाट शिलान्यास

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दाङको सिसाहनिया महादेव पुलको आज शिलान्यास गरेका छन् । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ ।
पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।

सो कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, सडक विभागका उपनिर्देशक सरोजकुमार श्रेष्ठ तथा दाङ जिल्लाका सांसद् र अन्य राजनीतिक दलका कार्यकर्ताको उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट