राजदूतहरुबाट नोट प्रतिवन्धको विरोध

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
२२ मंसिर, काठमाडौं । दिल्लीस्थित विभिन्न देशका दूतावासहरुले भारतीय विदेश मन्त्रालयमा पत्र लेखेर नोट प्रतिवन्धको विरोध गरेका छन् । छिमेकी मुलुक तथा कूटनीतिक नियोगमा रहेको ५ सय र एक हजार भारु सटहीबारे सुझाव दिन गठन भएको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । तर, भारतको वित्त मन्त्रालयले कुनै निर्णय गरेको छैन ।

जसका कारण नेपाल र भूटान सबैभन्दा बढी प्रभावित भएका छन् । साथै भारतमा पनि निश्चित रकम मात्र सहटी हुने हुँदा नेपाल, श्रीलंकाका साथै ठूला देशका दूतावासहरुको दैनिकीमा समेत असर परेको छ । भारु सटहीबारे भारतका लागि रुसी राजदूत अलेक्जेन्डर कदाकिनले लेखेको पत्र चेतावनीपूर्ण रहेको बताइएको छ ।

उनले लेखेको पत्रमा भारु सटहीका लागि सरकारले तोकेको सीमा निकै कम भएको र यो रकमले डिनरको खर्च तिर्न समेत नपुग्ने उल्लेख रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट