संशोधन प्रस्तावको विरुद्धमा दाङ बन्द

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
दाङ, २२ मंसिर । अनेरास्ववियु र युवा सङ्घले आह्वान गरेको दाङ बन्दको प्रभाव बिहानैदेखि देखिएको छ । जिल्लाका मुख्य तथा स्थानीय बजारमा बिहानैदेखि बन्दको प्रभाव देखिएको हो । सरकारले प्रदेश नं ५ लाई टुक्र्याउने गरी दर्ता गरेको संशोधन प्रस्तावको विरुद्धमा बन्दको आह्वान गरिएको बन्दकर्ताले बताएका छन् ।
बन्दका कारण जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने जिल्लाका शैक्षिक संस्था, बजार पनि बन्द छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट