फुल्नै छोड्यो लालुपाते

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
म्याग्दी, २२ मंसिर । केही वर्षअघिसम्म मंसिर–पुसमा पाखैभरि लालुपाते फुलेर राताम्यै हुने गरेका म्याग्दीका उच्च पहाडी र तल्लो क्षेत्रमा दुई वर्षयता लालुपाते फुल्नै छोडेको छ । माटोमा अम्लीयपना बढ्नुका साथै तापक्रम वृद्धिको असरका कारण फूल फुल्ने र बाली पाक्ने समयमा समेत परिवर्तन आउन थालेपछि यस्तो समस्या देखिएको वन तथा वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिले बताएका छन् ।

म्याग्दीका ज्यामरुककोट, शिख, हिस्तान, भकिम्ली लगायतका क्षेत्रमा रहेका लालुपातेका बोटमा अहिलेसम्म फूल फुलेको छैन । “यो लालुपातेका रूखमा फूल फुलेर राताम्यै देखिनुपर्ने हो, तर अहिले त पात मात्र देखिन्छन्, फूल फुलेकै छैन”, ज्यामरुककोटका नरबहादुर थापाले भने । जिल्ला कृषि विकास कार्यालय, म्याग्दीका अनुसार जिल्लाको माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको छ । माटोमा अम्लियपना बढेका कारण जिल्लामा बाली पाक्ने र फूल लाग्ने समय समेत पछि धकेलिँदै गएको हुनसक्ने जिल्ला वन कार्यालय, म्याग्दीका सहायक वन अधिकृत एवम् वातावरणविद् चन्द्रमणि सापकोटाले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट