अवैध रुपले ल्याइएका घरेलु मदिरा नष्ट

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
इटहरी, २२ मंसिर । इलाका प्रहरी कार्यालयले केही दिनदेखि राजमार्ग क्षेत्रमा सवारी जाँचका क्रममा बरामद गरेको पाँचहजार लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीको सक्रियतामा मोरङ झापालगायतका जिल्ला र इटहरीकै आसपासका क्षेत्रमा उत्पादन गरी विराटनगर एवम् भारतको जोगबनीसम्म लैजाने उद्देश्यले ल्याइएका घरेलु मदिरा सवारी साधनको जाँचका क्रममा बरामद गरिएको थियो ।

स्थानीय समाजसेवी र प्रहरी समेतको टोलीले ती बरामद भएको मदिरालाई नष्ट गरी अब उप्रान्त अवैध रुपमा घरेलु मदिरा ओसारपसारलाई अझ कडा बनाउँदै जाने निर्णय भएको पनि उनले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट