फर्निचर उद्योगमा आगलागी

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

दाङ, २४ मंसिर । दाङको एक फर्निचर उद्योगमा आगलागी भएको छ । तुलसीपुर–९ दोघरेमा रहेको तीर्थराज गिरीको फर्निचर उद्योगमा आगलागी हुँदा रु चार लाख बराबरको क्षति भएको गिरीले बताए ।

शुक्रबार बिहान करिब ४ बजे फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योगका सामग्री र मेसिन जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सेनाले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट