हास्य कलाकार आरपी भट्टराईको निधन

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २४ मंसिर । ‘राजालाम’ नामबाट चर्चित रहेका हास्य कलाकार आरपी भट्टराईको राति सुतेकै अवस्थामा असामयिक निधन भएको छ । बिराटनगर घर गएका बेला राति सुतिरहेका ठाउँमा उनको निधन भएको हो ।

भट्टराई चारदिन अगाडि त्यता गएका थिए ।’तीतो सत्य’का अलावा भट्टराईले केही फिल्म तथा स्टेज कार्यक्रममासमेत काम गरेका छन् । उनले हास्यव्यङ्ग्य एल्बम समेत सार्वजनिक गरेका छन् । ४२ बर्षका आरपी उच्च रक्तचाप एवम मधुमेहबाट पीडित थिए । उनका श्रीमती र २ छोरा रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट