संरक्षण विभागले बाघ गणना सुरु गर्यो

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २४ मंसिर । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तीन राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघको गणना सुरु गरेको छ ।

विभागले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्रको वार्षिक कार्यक्रमअनुसार बाघको गणना सुरु गरेको हो । गणना गरिएकामा बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्ष रहेको छ ।

विभागका सहायक इकोलोजिस्ट ऋषि रानाभाटले बाघको सङ्ख्या वार्षिकरूपमा घट्यो या बढ्यो भन्ने अध्ययन गर्नका लागि बाघको गणना गरिएको जानकारी दिए । बाघको गणनाले बाघको अवस्था के छ भन्नेबारे थाहा पाइने रानाभाटले बताए ।

उनले भने, ‘हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षभित्र रहेको बाघको गणना गर्छौ  त्यही अन्तर्गत अहिले गणना गरेका हौँ ।’ अरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको पनि छिट्टै गणना हुने विभागले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट