जङ्गली जनावरले खाएको बेवारिसे शव फेला

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

बैतडी, २४ मंसिर । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए । ‘शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ,’ उनले भने, ‘हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ ।’

स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ । चितुवा मार्न परिचालन गरेको टोली पनि मंसिर पहिलो साता फर्किसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट