तिर्थयात्री बोकेको बस दुर्घटनामा

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २४ मंसिर । खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री बोकेको बस उदयपुरको लेखानीमा दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब २५ जना भन्दा बढी यात्रु घाइते भएको अनुमान गरिएके छ ।

हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी/घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी-५ भदौरेमा शुक्रबार बिहान दुर्घटना भएको हो । बस करिब २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा सप्तरीका १३ वर्षीय दिपेश राम, मधुपट्टी ६ सप्तरीकै ६० वर्षीया सरस्वतीदेवी राम, ३३ वर्षीया उसम देवी राम र ७० वर्षीय ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चालकसहित पाँच जनालाई थप उपचारका लागि धरानको घोपा अस्पताल पठाइएको छ ।

रिफर गरिएकाहरुमा कुसाह ५ सप्तरीका ४५ वर्षीय चालक ललन पासवान, २० वर्षीय विन्दा पासवान, ६० वर्षीय नथरा विक, अनिल कुमार राम र शर्मिला सदा छन् ।चालकसहित ४२ जना चढेको बस तेल बोकेको ट्यांकरलाई साइड दिन खोज्दा दुर्घटना भएको हो । सामान्य घाइतेहरुको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट