भारतमा हेलिकोप्टर दुर्घटना

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी

मुम्बई, २६ मंसिर । भारतको मुम्बईस्थित गोरेगाउँमा हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । अमन विमानको नीजि हेलिकोप्टर दिउँसो १२ बजेर २० मिनेटमा रोयल पाम होटलको नजिकै आरे कोलनीमा दुर्घटनाग्रस्त भएको थियो ।

हेलिकोप्टरमा पाइलटसमेत ४ व्यक्ति यात्रा गरिरहेका थिए । दुर्घटनामा घाइते भएका २ महिलालाई नजिकैको अंधेरी अस्पताल भर्ना गरिएको छ । मौकामा फायर ब्रिगेड र एम्बुलेन्स पुगेका कारण यात्रुहरूलाई तुरुन्त उद्धार गर्न सम्भव भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट