चिसोले पर्सामा एकको मृत्यु

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

पर्सा, २६ मंसिर । चिसोले कठ्याङ्गिरएर गएराति पर्सामा एकको मुत्यू भएको छ । सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको हो । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ ।

कामबाट घर फिर्किने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीले देखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो ।मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट