नाइजेरियामा चर्चको छत खस्दा ….. !

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

एजेन्सी

काठमाडों, २६ मंसिर । नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ ।

छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ ।

नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी बचेका छन् । चर्च निर्माणधीन थियो ।

राष्ट्रपति मोहमद बुहारीले दुर्घटनामा गहिरो दुख व्यक्त गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट