पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’ विजेता

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २७ मंसिर । नेपालकी पुष्पा बस्नेतले सीएनएन ‘सुपर हिरो’ अवार्ड जितेकी छिन् । सीएनएनले अवार्ड वितरण गरेको १० वर्ष पुगेको अवसर पारेर अवार्ड विजेताहरुमध्येबाट सीएनएन ‘सुपर हिरो’ छानेको हो ।

पुष्पाले यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सीएनएन सुपर हिरो छानिएकी हुन् । उनले सन् २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा, सन् २०१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पार्द अवार्ड हात पारेकी हुन् । पुष्पाले सन् २०१२ मा सीएनएन हिरो अवार्ड जितेकी थिइन् ।

उनी प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् । उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका छोराछोरीको अधिकारको सुरक्षा गर्ने काम गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट