चिसोमा कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

महोत्तरी, २७ मंसिर । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ ।

गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो । क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको स्थानीय लालु सदाले बताए ।

चार जना छोरी मात्र रहेको सदाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै घरमा बस्दै आएको सदाले जानकारी दिए । बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायमा बसोबास गर्ने बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।

केही समययतादेखि चिसोपनको कारण जनजीवन प्रभावित भएको समयमा स्थानीयले समयमै दाउराको व्यवस्थाको माग गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट