समाचार
प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव गर्दै व्वस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीमगर अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त छिन् । आइतबारको संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ भने नेकपा एमाले लगायतका प्रतिपक्षी […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २४ पुस । सभामुख ओनसरी घर्ती मगरले आज अपरान्ह १ बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक  बोलाएकी छन् । आइतबार बस्न लागेको संसद अघि सभामुखले शीर्ष बैठक आह्वान गरेकी हुन् । कांग्रेस, एमाले, माओवादी, राप्रपा र फोरम लोकतान्त्रिकलगायतका पाँच दलका शिर्ष नेताहरुको बैठक संसद भवनमा बस्दै छ । बैठक ६ दिनको […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार बैतडी, २४ पुस । बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति एक्कासी भएको मौसम परिवर्तनले वर्षासँगै  हिमपात भएको छ । हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा गएरातिदेखि नै गाडी चल्न सकेका छैनन् भने राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बैतडीबाट डडेलधुरा […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार उदयपुर, २४ पुस । जिल्लाका धेरै सरकारी कार्यालय अपाङ्गमैत्री नभएकामा जिल्ला अपाङ्ग सङ्घका पदाधिकारीले गुनासो गरेका छन् । मुख्य सरकारी कार्यालय नै अपाङ्गमैत्री नहुँदा आफूहरु जस्ता अपाङ्गका लागि सेवा लिन समस्या भएको नेपाल अपाङ्ग सङ्घ जिल्ला अध्यक्ष चन्द्रकुमार राईले बताए । कार्यालयभित्र प्रवेश गर्न पनि नसकिने र कार्यलय प्रमुख माथिल्लो तलामा बस्ने […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २२ पुस । संविधान संशोधन प्रस्तावको विरोधमा नेकपा (एमाले) सहित विभिन्न नौ विपक्षी दलले शुक्रबार आयोजना गरेको जनप्रदर्शनमा राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । काठमाडौँको मुख्य सहर परिक्रमा गर्दै जुलुस प्रदर्शनीमार्ग पुगेर सभामा परिणत भएको थियो । एमालेसहित नौ दलका शीर्ष नेताहरुको जुलुसमा सहभागिता रहेको थियो ।   तस्वीर:रुपचन्द्र महर्जन […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सप्तरी, २२ पुस । सप्तरी जिल्लाको तिलाठी ९ बेलीस्थित मोहमद अब्दुल मियाँको घरमा गएराति आगलागी भएक छ । गोठमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा अन्य तीन वटा घर तथा घरमा रहेको अन्नपात तथा लत्ताकपडा जली करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । आगलागीबारे जानकारी पाउनासाथै एपीएफ टोली, […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

 रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २२ पुस । विसं २०७२ मा गएको विनाशकारी भूकम्पबाट सोलुखुम्बुमा १८ हजार ३८४ घर भत्किएको विवरण जिल्ला विकास समितिले केन्द्रीय तथ्याङ्क विभागमा दिएको छ । यस अघिको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा समेत नभेटिएपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जिविसलाई दुई दिनभित्र तथ्याङ्क विभागमा पठाउन भनेकामा जिविसले गाविसमार्फत वडा नागरिक मञ्चबाट पुनः तथ्याङ्क […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बनेपा, २२ पुस । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश चेतनाथ ढकालको इजलासले हिजो थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ । सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २२ पुस । स्थानीयवासीले सडक विस्तारमा सहयोग नगरेपछि डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण एवम् विस्तार सुरु भएका अधिकांश सडक अलपत्र परेका छन् । अरनिको राजमार्गस्थित मध्यपुर थिमिको चार दोबाटोबाट कोरिया–नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानो बाटो सडक निस्कने सडक विस्तार कार्य अलपत्र परेको छ । नगर विकास आयुक्त कार्यालयले सीमाङ्कन […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, २२ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ । अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो । अस्पताल सञ्चालक […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, २२ पुस । ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । चितवनमा आज एक आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको छ । मन्त्री शर्माले काठमाडौँ, पोखरा, विराटनगरलगायतका ठाउँमा लोडसेडिङ नभएको भन्दै अन्य क्षेत्रमा पनि […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार मोरङ, २२ पुस । बढ्दो शहरीकरण र जनघनत्वलाई ध्यानमा राखेर मोरङको उर्लाबारीमा दोस्रो खानेपानी आयोजनाको निर्माण कार्य तीव्रगतिमा अगाडी बढाएको छ । नेपाल सरकार र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रु १६ करोडको लगानीमा सो खानेपानी आयोजनाको निर्माण कार्य तीव्रगतिमा अगाडी बढाएको हो । सो कार्यका लागि ७० प्रतिशत सरकारी तथा […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार लहान, २२ पुस । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते एक बालकको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–३ स्थित भित्री सडकखण्डमा स १ त ३१८७ नं को ट्र्याक्टरको ठक्करबाट सिरहाको गोलबजार नगरपलिका–३ निवासी १४ वर्षीय दीपक पासवानको मृत्यु भएको हो । बाटो पार गर्ने क्रममा गएराति ट्र्याक्टरको ठक्करबाट गम्भीर […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २२ पुस । ग्रीनसिटी अस्पतालद्वारा तीन हजार बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउन्डेसन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ पुस । एमालेले शक्ति प्रदर्शन गरेर मुलुकलाई मुठभेदतर्फ डोर्याएको संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् । उनले शुक्रबार बिराटनरगमा पत्रकारहरुसँग कुरा गर्दै संविधान संशोधनको विरोधका नाममा एमालेको  गतिविधिले  मुलुक मुठभेदतर्फ तानिँदै गएको बताएका छन् । यादवले एमालेको शक्ति प्रदर्शनले जारी राजनीतिक गतिरोध उन्त्य नहुने बताउँदैं संविधान संशोधन बिना […]



 

 

 

 

 

 

 


ताजा अपडेट