समाचार
प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बुटवल, २० पुस । देशकै प्रमुख पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ । बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो । पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्चिम सञ्चालन हुने सवारी साधन र यात्रुले अब राहत पाउने […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवं सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् । विश्व ‘ब्रेल दिवस तथा २०८ औँ लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार मेलम्ची, २० पुस । भूकम्पले घर भत्किएपछि अहिलेसम्म अधिकांश पीडितको रात कटाउने थलो भनेको टहरो र त्रिपाल नै बनेको छ । सिन्धुपाल्चोक जिल्लाको अधिकांश र विभिन्न ठाउँमा भाडामा बस्ने तथा घर भत्किएपछि भूकम्पपीडित गत वर्षजस्तै यसवर्ष पनि टहारामा चिसो काट्न बाध्य छन् । भूकम्पमा घर भत्किएपछि फटकशिलाका सुदिप घोरासैनीको परिवार अहिलेसम्म पनि […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । विभिन्न बाहनामा बारम्बार हुने बन्दमा पनि साझा यातायातले सेवा दिन थालेकाले उपत्यकाका सबै मार्गमा यसको सेवा विस्तार गर्नुपर्ने माग पीडित यात्रुको छ । सडक विस्तार गर्दा भत्कने घर र सडकमा पर्ने जग्गाको क्षतिपूर्ति माग गर्दै पीडित सङ्घर्ष समितिले आज उपत्यका बन्दको आयोजना गर्दा विभिन्न पेसा र व्यवसायमा आबद्ध […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँ साधारण बैठक ९सिनेट० लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक र निर्वाचनसम्बन्धी कानुन व्यवस्थापिका–संसद्मा टेबुल गर्ने प्रक्रियासँगै केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । संशोधन प्रस्तावसम्बन्धी सर्वोच्च अदालतको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको र प्रमुख प्रतिपक्षी दल तथा मधेसी मोर्चासमेत सहमतिका लागि सकारात्मक बनेकाले सबै एकताबद्ध भएर सहमतिमा […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान समारोह गर्ने भएको छ । टुुक्राटुक्रा रहेको नेपाललाई एकीकरण गरेर सिङ्गो नेपाल बनाउने पृथ्वीनारायण शाहको जन्मदिन यही पुस २७ गतेका दिन राप्रपाले उक्त कार्यक्रम गर्न लागेको हो । जन्मजयन्तीका अवसरमा आयोजना गरिने चियापान, कवि सम्मेलन, विचार गोष्ठीलगायतका […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बर्दिवास, २० पुस । नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएका छन् । मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका हुन । पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार झापा, २० पुस । भारतले नोटबन्दी गरेयता झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार अझ मौलाएको छ । नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

एजेन्सी काठमाडौं, २० पुस ।  हतियारधारीको समूहले फिलिपिन्सको जेलमा आक्रमण गरी १५० बढी कैदीलाई भगाएको छ भने आक्रमणबाट एक सुरक्षागार्डको मुत्यु भएको छ । फिलिपिन्समा किडापवान सहरमा पर्ने कोटाबाटो जिल्लाको जेलको मुख्य गेटमा दर्जनौंको संख्यामा आएका हलियारधारीले आक्रमण सुरु गरेका हुन् । जेलबाट भागेका कैदीहरुको फिलिपिन्स सैनिक र प्रहरीको टोलीले खोजी गरीरहेको छ । जेलबाट […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार चितवन, २० पुस । गएराती ना ३ च ८३१ नम्बरको बोलेरो जिपको ठक्करबाट चितवनमा एक प्रहरी जवानको मुत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । साइकलमा सवार भरतपुरमा कार्यारत जुनियर प्रहरी अधिकृत शिक्षालय,  ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मुत्यु भएको हो । चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौं […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । बुधबार बिहानै ७ : ३० बजे तिर सभामुख ओनसरी घर्तीमगरले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सभामुखले संसद स्थगित भएको समयमा दलहरुबीच सहमति जुटाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी छिन । अन्य दलका प्रमुख नेताहरुलाई मंगलबारनै भेट गरिसकेकी सभामुख घर्तीले बुधबार बिहानै प्रधानमन्त्रीलाई […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

 रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । सडक विस्तार पीडित संघर्ष समितिले आज गरेको बन्द आब्हानको प्रभाव खासै कतै नपरेको देखिएको छ । बिहान केहि समय फाटफुट निजी गाटीहरु मात्र चले पनि १० बजे बाट भने प्रहरीको तयनाथ पछि सार्बजनिक गाडीहरु समेत चल्न थालेका छन् । प्रहरीलाई चोक-चोकमा परिचालन गरिएको छ भने माइक्रो, ट्याक्सी बस […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० पुस । नाटय निर्देशक तथा वरिष्ठ कलाकार बिष्णु भक्त फुयाँलको मंगलबार निधन भएको छ । मङलबार राष्ट्रीय नाचघरमा प्रर्दसन भैरहेको नाटक ‘महर्षी याज्ञबल्क्य’मा राजा जनकको भुमिकामा सम्बाद बोल्दा बोल्दै मञ्चमा ढलेका थिए । उनलाई बीर अस्पताल लगिएको थियो, चिकित्सक टोलीले मंगलबार साझ ६ बजेर १० मिनट जादा उनको मुत्यु भएको […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चिरपरिचीत टीभी च्यानल सीएनएनले आफ्नो अहिले सम्मकै नराम्रो तस्वीर प्रयोग गरेको आरोप लगाएका छन् । सीएनएनले २०१६को प्रेजिडेंशल चुनावमा एउटा नयाँ तस्वीर राखेको थियो । ट्रम्पले ट्विटरमा लेखेका छन्, सीएनएनले हालै एउटा किताब निकालेको छ जसको नाम अनप्रेसिडेंटेड हो । उक्त किताब २०१६को चुनाव […]



 

 

 

 

 

 

 


ताजा अपडेट