प्रधानमन्त्री भेट्न सभामुख बालुवाटारमा

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २० पुस । बुधबार बिहानै ७ : ३० बजे तिर सभामुख ओनसरी घर्तीमगरले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेकी सभामुखले संसद स्थगित भएको समयमा दलहरुबीच सहमति जुटाउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी छिन । अन्य दलका प्रमुख नेताहरुलाई मंगलबारनै भेट गरिसकेकी सभामुख घर्तीले बुधबार बिहानै प्रधानमन्त्रीलाई भेटेकी हुन् ।

प्रधानमन्त्री दाहाल पूर्वी नेपाल भ्रमणमा गएका कारण सभामुख घर्तीले भेट्न नपाएकी हुन् ।

संसद बैठक पुस २४ गते आइतबारलाई राखिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट