जिपको ठक्करबाट प्रहरीको मुत्यु

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

चितवन, २० पुस । गएराती ना ३ च ८३१ नम्बरको बोलेरो जिपको ठक्करबाट चितवनमा एक प्रहरी जवानको मुत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

साइकलमा सवार भरतपुरमा कार्यारत जुनियर प्रहरी अधिकृत शिक्षालय,  ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मुत्यु भएको हो ।

चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौं तर्फ जादै गरेको बोलेरो जिपले साइकलाई ठक्कर दिएको थियो । दुघटनामा मोरङ घर भई सोही शिक्षालयमा कार्यारत ३३ वर्षीय सुमन घिमीरे गम्भीर घाइते भएका हुन ।

शवलाई भरतपुर अस्पतालमा राखिएको छ भने जिप र त्यसका चालकलाई प्रहरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट