उपत्यका बन्दको प्रभाव सामान्य

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

 रिपोर्टर नेपाल समाचार

काठमाडौं, २० पुस । सडक विस्तार पीडित संघर्ष समितिले आज गरेको बन्द आब्हानको प्रभाव खासै कतै नपरेको देखिएको छ ।

बिहान केहि समय फाटफुट निजी गाटीहरु मात्र चले पनि १० बजे बाट भने प्रहरीको तयनाथ पछि सार्बजनिक गाडीहरु समेत चल्न थालेका छन् ।

प्रहरीलाई चोक-चोकमा परिचालन गरिएको छ भने माइक्रो, ट्याक्सी बस मोटरसाइकल लगायतका गाडीहरु चलिरहेको छ ।

बिहान सामाखुसी क्षेत्रबाट प्रहरीले केही बन्दकर्तालाई पक्राउ गरेको छ । उक्त पक्राउ पछि सडकमा बन्दकर्ता देखिएका छैनन् ।

ट्राफिक प्रहरीका अनुसार उपत्यकामा बन्दको असर खासै कतै पनि परेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट