समाचार
प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले तेह्रथुमस्थित आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजारका आगलागी पीडितहरुलाई पूणरबासका लागि एक करोड रुपैया दिने घोषण गरेका छन् । प्रधानमन्त्री दाहाल देशका विभिन्न भागमा विकास आयोजना लगायतका स्थलहरु अवलोकन गर्ने क्रममा संक्रान्ति बजार पुगेर आगलागी पीडितहरु रहेको स्थानको निरीक्षणपछि एक करोड रुपैया उपलब्द गराउने घोषणा गरेको […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार डडेल्धुरा, १९ पुस । चिसो बढेसँगै डडेल्धुराका सरकारी विद्यालय एक महिनाका लागि बन्द भएको छ । पुस १५ देखि एकाएक चिसोका कारण शीतलहर बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको हो । विद्यार्थीहरु लामो दूरी हिँडेर आउनुपर्ने र न्यानो कपडासमेत लगाउन नसक्ने हुँदा पहाडी भेगका सम्पूण सरकारी विद्यालय माघ १५ सम्मका लागि बनद गरिएको […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । सरकारले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्ड फराकिलो बनाउने भएको छ । सडक विभागले एसियाली विकास बैंकको सहयोगमा मुग्लीनदेखि पोखरासम्मको झण्डै ९३ किलोमिटर सडक विस्तारको डिजाइनिङ थालनी गरीसकेको विभागले जनाएको छ । मुग्लिन-पोखरा सडकको डिजाइनिङ क्यानेडियन कम्पनी एमएमएम ग्रुपले जिम्मा लिएको छ ।


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । प्रमुख विपक्षी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले सर्वोच्चको फैसलाको सम्मान गरेको छ । सत्तापक्ष सर्वोच्चको आदेश मान्न तयार भए संसद अवरोध खुलाउन दलहरु तयार हुने बैठको प्रतिक्रिया छ । सिमांकनको हेरफेर सम्बन्धि प्रदेश सभालाई दिएको आदेश आफ्नो पार्टीले उठाउँदै आएको मुद्दासँग मेल […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । गएराती अज्ञात समूहले गोली प्रहार गरी पाँच लाख लुटेर फरार भएका छन् । क्रितेश मनी मनीचेन्जरका सञ्चालक विराटननगर-१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो । राती ८:३० बजे तिर ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कदै गरेका साहमाथि गोली प्रहार गरी साथमा रहेको पाँच लाख […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । आगलागी पीडितहरुको अवस्था अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार तेह्रथुमस्थित आठराई क्षेत्रमा पर्ने संक्रान्ति बजार पुगेका छन् । दाहाल देशका विभिन्न भागमा विकास आयोजना लगायतका स्थलहरु अवलोकन गर्ने क्रममा संक्रान्ति बजार पुगेका हुन । गत पुस १ गते संक्रान्तिकै दिन संक्रान्ति बजारमा आगलागी हुदा ३२ घर जलेर नष्ट […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । आइतबार मकवानपुरको फापरबारीमा रातो नम्बर बाट फोन आउँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा फापरबारी ७ बस्ने ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह साढे चार बजे रातो नम्बरबाट फोन आएको र फोन उठाउन नपाउदै बिहोस भएको बुझिएको छ । उनलाई फापरबारी बजारस्थित एक मेडिकलमा स्लाइन पानी […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । सोमबार चार बजेसम्मका लागि स्थगित संसद बैठक बस्दै नबसी स्थगित भएको छ । सोमबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । विपक्षी दल एमालेसहितका साना ९ दलको अवरोधका कारण सोमबार स्थगित बैठक चार बजेका लागि बोलाइएको थियो । सभामुख ओनसारी घर्तीमगरले बोलाएको बैठकमा शीर्ष […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । आज दिउँसो १ बजेको बैठकमा प्रमुख प्रतिपक्षीसहित नौं विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाए पछि सभामुख ओनसरी घर्तीमगरले अर्को बैठक अपरान्ह चार बजे सम्मकालागि स्थगित गरेकी छन् । संसदमा जारी गतिरोध अन्त्यका लागि सोमबार बिहान प्रमुख तीन दलका शीर्ष […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । आज सिंहदरवारमा बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विना नै सकिएको छ । राजनीतिक गतिरोधको अन्त्यको प्रयासमा बसेको शीर्ष नेताहरुको बैठकमा आफ्नो अडानबाट पछि नहटेपछि सहमतिमा पुग्न नसकेका हुन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान कायामै राखेका थिए । उनले भने […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । गोरखाको स्वाँरा गाविस वडा नम्बर ९ को थला जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा बिस्फोटक पदार्थ फेला परेको छ । उक्त स्थानमा कुहिएको दुई बोरा डेटोनेटर र तारहरु फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । आइतबार दिउँसो स्थानियहरुले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज सोमबारबाट तरार्इ मधेसका जिल्लाहरुमा विरोध प्रर्दशन गर्दैछ । संविधान संशोधन नगरी हुने निर्वाचनको कुनै मान्यता नहुने भन्दै उनीहरुले विरोधको आयोजना गरेका हुन् । सहमतिका आधारमा संशोधन विधेयक परिमार्जन गरी पारित नगरिएसम्म कुनैपनि तहको निर्वाचन मान्य नहुने भन्दै मोर्चाले विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार बारा, १८ पुस । हेटौंडाको शहीद स्मारकबाट सर्लाहीको परवानीपुर फर्किदै गरेको एक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको दुधौरा खोलाको पुलबाट खस्दा दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा ४० भन्दा बढी बालबालिका घाइते भएका छन् । नयाँ वर्षको अवसरमा पिकनिक खाएर सर्लाहीको परवानीपुर फर्किदै गरेको अवस्थामा आइतबार राति ना ३ […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ पुस । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच वार्ता सुरु भएको छ । वार्तामा माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ । आज आयोजित बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ । आइतबार […]


प्रकाशित मिति: १८ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार सिलिगुडी, १८ पुस । चौथो संस्करणको दक्षिण एसियाली महिला फुटबल साफ प्रतियोगितामा आज पहिलो सेमिफाइनलमा नेपाल भारतसँग भिड्दैछ । भारतको सिलिगुडीस्थित कञ्चाजंगा खेल मैदानमा भइरहेको खेल नेपाली समय अनुसार दिउसो सवा दुई बजे पछि हुने छ । समूह चरण क को अन्तिम खेलमा श्रीलंकालाई १-० गोलको अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बन्दै […]



 

 

 

 

 

 

 


ताजा अपडेट