फिलिपिन्सको जेलमा आक्रमण

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

एजेन्सी

काठमाडौं, २० पुस ।  हतियारधारीको समूहले फिलिपिन्सको जेलमा आक्रमण गरी १५० बढी कैदीलाई भगाएको छ भने आक्रमणबाट एक सुरक्षागार्डको मुत्यु भएको छ ।

फिलिपिन्समा किडापवान सहरमा पर्ने कोटाबाटो जिल्लाको जेलको मुख्य गेटमा दर्जनौंको संख्यामा आएका हलियारधारीले आक्रमण सुरु गरेका हुन् ।

जेलबाट भागेका कैदीहरुको फिलिपिन्स सैनिक र प्रहरीको टोलीले खोजी गरीरहेको छ । जेलबाट भागेकामध्ये ६ जनालाई पुनः नियन्त्रणमा लिइएको छ भने आक्रमणकारीविरुद्धको कारबाही जारी रखेको छ ।

फिलिपिन्समा मुख्यतया क्याथोलिक धर्म मान्नेहरु अलग राज्यको माग गर्दै एक दशकदेखि संघर्ष गर्दै आएका छन् । उनीहरुले अपहरण, जेल ब्रेक, तथा विष्फोटका गतिविधिहरु गर्दै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट