मञ्चमा अभिनय गर्दागर्दै फुयाँलको निधन

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २० पुस । नाटय निर्देशक तथा वरिष्ठ कलाकार बिष्णु भक्त फुयाँलको मंगलबार निधन भएको छ ।

मङलबार राष्ट्रीय नाचघरमा प्रर्दसन भैरहेको नाटक ‘महर्षी याज्ञबल्क्य’मा राजा जनकको भुमिकामा सम्बाद बोल्दा बोल्दै मञ्चमा ढलेका थिए ।

उनलाई बीर अस्पताल लगिएको थियो, चिकित्सक टोलीले मंगलबार साझ ६ बजेर १० मिनट जादा उनको मुत्यु भएको घोषणा गरेको हो ।

२०३७ साल देखि सास्कृतिक क्षेत्रमा कार्यरत उनले कला तथा  रंगक्षेत्रमा निकै ख्याती कमाएका थिए । उनको पार्थिव शरीरलाइ आज नेपाल प्रग्या प्रतिस्ठानमा ११ बजे देखि २ बजे सम्म राखिने छ, भने श्रदान्जली पछि पशुपति तिर लाने कार्यक्रम रहेको छ ।

१९९४ साल भदौ २३ गते भक्तपुरमा जन्मिएका उनी झण्डै पाँच दशकदेखि रंगक्षेत्रमा सक्रिय थिए । फुयाँलकम ‘बाध्यता’ र ‘शहीदको सपना’ जस्ता नाटकसंग्रह प्रकाशित छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट