विदेशी डाक्टरद्वारा निःशुल्क स्वास्थ्य सेवा

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, २२ पुस । ग्रीनसिटी अस्पतालद्वारा तीन हजार बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ ।

ग्लोबल मेडिकल फाउन्डेसन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले जानकारी दिए ।

अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष लोकबहादुर (एलबी) टण्डनले ग्रीनसिटी अस्पतालसँग सहकार्य गरेर निःशुल्क सेवा प्रदान गर्ने संस्था र डाक्टरहरुलाई प्रमाणपत्र वितरण गरे । उनले भने, ‘यति ठूलो संस्थासँग मिलेर गरिबलाई निःशुल्क सेवा प्रदान गर्न पाएकामा हामी खुसी छौँ ।’

यसैगरी वाग्मती सरसफाइका क्रममा बेसहारा रहेका दृष्टिविहीन सुल्तान मुखियालाई अस्पतालमा ल्याएर उपचार गरेको अस्पतालले फेसबुकमार्फत आर्थिक सङ्कलन जुटाएर सहयोग गरेको छ । नेपालबाट बेलायत गएर बसेका लक्ष्मी कुँवर र हुमबहादुर कुँवरले पठाएको रु २० हजार र दुई थान ब्लाङ्केट दृष्टिविहीनलाई सहयोग गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट